बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यसमिति चयन गर्न निर्वाचन हुँदै

१४ मंसिर सर्खेत ।
सुर्खेतकाे पञ्चपुरीमा रहेकाे बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यसमिति चयनका लागि निर्वाचन हुने भएको छ । मङ्सिर १७ गते कार्यसमिति छनोटको लागि निर्वाचन हुने भएको हो ।
९ सदस्य कार्यसमिति चयनका लागि १४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । चुनावी प्रतिस्पर्धाका लागि अध्यक्ष पदमा गाग्री चुनाव चिन्ह लिएर चन्द्रबहादुर रावतको प्यानल प्रतिस्पर्धामा रहेको छ भने अध्यक्ष पदकै लागि धारा चुनाव चिन्हसहित पदम रिमालको प्यानल प्रतिस्पर्धामा रहेको छ । रावतको प्यानलमा उपाध्यक्षका लागि ईश्वरी अधिकारी सचिवमा बलबहादुर थापा कोषाध्यक्षमा प्रकाश कंडेल र सदस्यहरूमा सज्जन कार्की देवबहादुर सार्की र मोहन तारामी रहेका छन् ।

त्यसैगरी रिमालको प्यानलमा उपाध्यक्षका लागि विमला वि.क, सचिव जस बहादुर दर्लामी कोषाध्यक्ष शेर बहादुर कामी सदस्य उदय कामी, रमेश शाही र ओम प्रकाश भण्डारी रहेका छन । २ जना महिला सदस्य कृष्णा कुमारी नेपाली र नन्दशोभा भण्डारी निर्बिरोध निर्वाचित भएका छन । उम्मेदवारहरूले प्रचारप्रसारको अभियानलाई तीव्रता दिएका छन् । खानेपानी उपभोक्ता समितिको मतदाता सङ्ख्या १ हजार जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...