सुर्खेत क्षेत्र नं. २ मा हृदयराम थानी ३ हजार मतले अगाडी,

सुर्खेत प्रतिनिधि सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ नेपाली काग्रेसका हृदयराम थानीले अग्रता कायमै राखेका छन् । अहिले ४ बजे सम्म जम्मा ४० हजार९ सय ५९ मत गणना गर्दा उनले १८ हजार ७ सय ७७ मत पाएर आफंनो अग्रतालाई कायमै राखेका हुन । थानीलाई नेकपा एमालेका अमृत विसीले १५ हजार ५सय ८८ मत ल्याएर पछ्याइरहेका छन ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर चुनाराले २ हजार ३ सय ६ मत र राप्रपाका भिम बहादुर शाहीले १ हजार ५ सय ५२ र प्राप्त गरेको छन ।

पछिल्लो नतिजा अनुसार नेपाली काग्रेसका हृदयराम थानीले नेकपा एमालेका अमृत विसीलाई ३ हजार १ सय ९० मतान्तरले पछाडि पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...