काँक्रेविहार गोल्डकप फुटवलमा पञ्चपुरी फाइनल प्रबेश,

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुरु भएको काँक्रेविहार गोल्डकप फुटवलमा पञ्चपुरी फाइनलमा प्रबेश गरेको छ ।

फाइनल खेलका लागि वीरेन्द्रनगरस्थित रंगशालामा आज भएको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटबाट पञ्चपुरी फाइनल प्रवेश गरेको हो । निर्धारित खेल अवधिमा गोलरहित भएपछि पेनाल्टी सुटआटमा खेल भएको थियो ।

पेनाल्टीमा पञ्चपुरीले भेरीगंगालाई १ का विरुद्ध ३ गोल गरेर आफ्नो फाइनल यात्रा सुरक्षित गरेको हो । फाइनल प्रवेशका लागि वीरेन्द्रनगर र चिंगाडविच हुनेछ । यी दुई टीममध्य एक टिम फाइनल खेलका लागि पञ्चपुरीसँग आईतबार उपाधिका लागि भिड्ने छ । १४ गतेसम्म जारी हुने काँक्रेविहार कपमा प्रथमले एक लाख र दोस्रोले ५० हजार पुरस्कार राशीको पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...