सुर्खेतको पञ्चपुरी देखि कैलाली सम्म भोली देखि सिधा यातायात सञ्चालन हुने,

सुर्खेतको पञ्चपुरी नगरपालिका देखि सुदुरपश्चिम प्रदेशको कैलाली सम्म अब नियमित यातायातका साधनहरु भोलिदेखि सञ्चालनमा आउने भएका छन । कर्णाली नदिको कुईनेमा पुल निर्माण भए पनि लामो समयदेखि कैलाली सम्म गाडि सञ्चालन हुनसकेको थिएन ।
रुट परमिटको समस्याका कारण रोकिएको यातायात सेवा अबदेखि निरन्तर दैनिक ३ ओटा गाडि सञ्चालनमा आउने यातायात समितिका कर्मचारी प्रेम शाहीले जानकारी दिएका छन । कैलाली सम्म सिधा गाडी सञ्चालन भएपछि यात्रा गर्ने यात्रुहरुलाई निकै सहज हुने स्थानीय युवराज आचार्यले बताएका छन ।
नियमित यातायात सञ्चालन आएपछि सुदुरपश्चिमका कैलाली, कञ्चनपुर, बाके बर्दिया जान थप सहज हुनेछ भने ब्यापारी हरुका लागि सामान ढुवानी गर्न समेत सजिलो हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...