वडा अध्यक्षकाे पहलमा पञ्चपुरी ११ का बाढीपीडित परिवारलाई राहत सहयोग,

शुक्रबार राति देखि अाएकाे अविरल बर्षा का कारणले क्षति पुगेकाे पञ्चपुरी नगरपालिका वडा न ११ तातापानीका बाढीपीडित लाई राहत बितरण गरिएको छ ।

तत्काल खानेकुराको समस्या भएकाे हुदा समस्या समाधान गर्नकाे लागि तातापानीका कमल विक, बल बहादुर विक, तिलक वि क, मन्धरा माझी र नैने कामीलाई राहत सहयोग गरिएको हाे ।

पञ्चपुरी वडा न ११ का वडा सदस्य हर्क जैसी र नेपाली काङ्ग्रेस वडा न ११ का पाटि उप सभापति हेमन्त बिष्ट, सह सचिव कमल माझी र अशाेक सिंह लगायतले सयाेग हस्तान्तरण गरेका छन ।

५ घरलाई प्रति घर २५ केजी चामल, २ के जि दाल, १ के जी नुन र १ पाेका तेल सहयोग गरिएको र थप राहतको लागि स्थानीय निकायमा पहल गर्ने वडा अध्यक्ष धनबहादुर माझीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

खोजि गर्नुहोस ...