विद्यापुर जनता बहुमुखी क्याम्पसमा भुतपूर्व विद्यार्थी समाज गठन

96 पटक हेरिएको

१२ साउन सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालय विद्यापुर जनता बहुमुखी क्याम्पसको भुतपूर्व विद्यार्थी समाज पञ्चपुरी ९ को बिद्यापुरमा आज गठन गरिएको छ । चौकुने गाउपालिका शिक्षा तथा यूवा खेलकुद शाखा प्रमुख टेकेन्द्र बुढालाइ संगठनको अध्यक्षमा चयन गरिएको छ । समाजको सचिवमा चन्द्रप्रभा उपाध्याय र सदस्यमा बिद्याज्योति माद्यामिक विद्यालय बाबियाचौरका अध्यक्ष लोकेन्द्र रावल र घनश्याम शाही लाइ सदस्यमा चयन गरिएको छ । संगठन मार्फत क्याम्पसको बिकास र देश–विदेशमा समेत पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
कार्यक्रममा बोल्दै बिद्यापुर जनता बहुमुखी क्याम्पसका प्रमुख तीर्थबहादुर शाहीले क्याम्पसको बिकासका लागि समाजको महत्वपुर्ण भुमिका रहने र यसका लागि क्याम्पस प्रशासनले आबश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
उक्त कार्यक्रममा पञ्चपुरी शिक्षक महासंघका अध्यक्ष वीरेन्द्र जोशीको समेत सहभागिता रहेको थियो । कार्यक्रम भुपु बिद्यार्थी ताराप्रकाश कंडेलको अध्यक्षता र क्याम्पस प्रमुख तीर्थबहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...