पञ्चपुरीका २ किशाेरी भक्तपुरमा मृत भेटिए

८ साउन, काठमाडौं । भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी पञ्चपुरी नगरपालिका वडा नम्बर ८ का १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ ।

कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्थे । उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

डेरा कोठाको प्यासेज रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । घटनाबारे थप केही खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...