पञ्चपुरीमा अबैध घरेलु मदिरा नष्ट,

ईलाका प्रहरी कार्यालय बाबियाचाैरले अबैध रुपमा उत्पादन गरेकाे घरेलु मदिरा नष्ट गरेकाे छ । घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण नियन्त्रणको लागी आज बिहान प्रहरीले खाेजतलास गरेकाे हाे ।

ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले बाबियाचौर बजार, चतुरे चोक र तिलकपुर टोलबाट अबैध घरेलु तयारी मदिरा बरामद गरेकाे हाे ।

प्रहरीले २ सय ५ लिटर तयारी मदिरा, मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थ (पास) १ हजार २ सय ७५ लिटर र भाडकुडा १४ थान ( सेट) बरामद गरेकाे हाे ।

घरेलु मदिराका कारण समुदायमा हाेहल्ला हुने गरेकाे कारण बेला बेला अभियान संचालन गरिने कार्यालयले जनाएको छ । बरामद गरिएको मदिरा जनप्रतिनीधीको रोहबरमा आजै नष्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...