पञ्चपुरीमा प्रजनन स्वास्थ्य प्रवर्धनका लागि एक दिने अभियान,

25 पटक हेरिएको

१३ असार सुर्खेत ।
किशोर किशोरी मैत्री स्थानीय सरकार, सुनिश्चित भविष्यको सुरुवात, भन्ने उद्देश्य सहित किशोरीहरूको अगुवाइमा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धनका लागि एक दिने अभियान आज सम्पन्न भएको छ । एआरएच परियोजना अन्तर्गत पञ्चपुरी नगरपालिकाको वडा नम्बर ४ डाबमा अभियान गरिएको हो ।

अभियानमा पञ्चपुरी वडा नम्बर ४ का किशोरीहरूले प्रजनन स्वास्थ्य प्रवर्धनका लागि सचेतनामूलक कार्यक्रम गर्नुका साथै सडक नाटक समेत प्रदर्शन गरेका छन् । कार्यक्रममा पञ्चपुरी नगरपालिका नगरप्रमुख लालवीर भण्डारीले समुदायमा बढ्दै गएको बालविवाहलाई न्यूनीकरण गर्नको लागि किशोर किशोरीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । साथै उहाँले किशोरीको प्रजनन स्वास्थ्य प्रवर्धनका लागि नगरपालिकाबाट विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने समेत बताउनुभएको छ ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी वडा नम्बर ५ का अध्यक्ष नगेन्द्र बहादुर शाही, कार्यपालिका सदस्य गोर्ख कामी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक अभिभावक, परियोजनाका दुर्गा पौडेल, पुष्पा आचार्य र कृष्ण बहादुर बिक लगायतको सहभागिता रहेको थियो । कार्यक्रम किशोरी सञ्जालका अध्यक्ष रेखा मयालको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...