पञ्चपुरी नगरपालिकाले ६० बर्ष माथीका जेष्ठ नागरिकको निशुल्क आँखा उपचार गर्ने,

187 पटक हेरिएको

पञ्चपुरी नगरपालिकाले ६० बर्ष माथीका जेष्ठ नागरिकको निशुल्क आँखा उपचार गर्ने भएको छ । पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले सार्बजनिक गरेको निति तथा कार्यक्रममा सो कुरा समाबेश गरिएको छ । कार्यक्रममा स्थानीय÷ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखी केन्द्रिय विद्युतलाइनको विस्तार अधिकांस वडाहरुमा हुने प्रवन्ध गर्ने भनिएको छ । त्यस्तै स्थानीय जनताको हित र स्वाभिमान प्रवर्द्धन गर्ने, प्रशासनलाई विकास मैत्री बनाउने, फजुल खर्च कटौती गर्ने जस्ता उद्देश्य राखि नीति तथा कार्यक्रम ल्याइएको छ ।
नगरपालिका क्षेत्रभित्र रहेका सबै वडा तथा पहुँच बाहिरका बस्तीहरुमा निःशुल्क घुम्ती, स्वास्थ्य शिविर सञ्चालन गरी बिशेषज्ञ सेवा वस्ती स्तरमा पुर्याइने समेत निति कार्यक्रममा समाबेश गरिएको छ । त्यसैगरी खेलाडीहरुको सम्मान, खेल मैदानको निर्माण, सामाजिक कुरीति तथा कुसंस्कारको अन्त्य गर्ने, पर्यटन प्रबर्धनका कार्यक्रम संचालन गर्ने, जनता संग संवाद कार्यक्रम, स्वास्थ्य बिमा लगाएतका कार्यक्रम निति तथा कार्यक्रममा समाबेश गरिएको छ ।
नगरपालिकाको काम प्रति सेवाग्राहीको गुनासो सुन्नको लागि संयन्त्र तयार गर्ने भएको छ । हरियाली सडक पञ्चपुरीको पहिचान भन्ने नाराका साथ प्रत्येक सडकहरुमा बिरुवा रोप्ने समेत नगरले योजना अघि सारेको छ ।
नगरसभामा आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ६६ करोड ९८ लाख ३४ हजार ६२९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । आइतबार १३ औँ नगर सभामार्फत सो बजेट सार्वजनिक भएको हो ।
नगरपालिकाले संघीय वित्तीय समानीकरणको अनुदान ११ करोड १ लाख, संघीय ससर्त अनुदानबाट ३० करोड ८९ लाख, संघीय राजस्व बाडँफाँडमा ८ करोड ५० लाख ६१ हजार २ सय, संघीय सरकार विशेष अनुदानको पुँजीगततर्फ १ करोड, संघीय सरकारबाट समपुरक अनुदानमा ८० लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट १ करोड २६ लाख ९१ हजार, प्रदेशबाट ससर्त अनुदानबापत ११ करोड २९ लाख ४ हजार, प्रदेश राजस्व बाडँफाँडबाट ९ लाख ४८ हजार ४ सय २९ रुपैयाँ आय हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...