रङ्गशालाबाहिर कवाडी उठाउने ती कान्टे, विश्वविजेता यी कान्टे !

युरोकप फुटबलमा आफ्नो कला देखाउनका लागि युरोपकै उत्कृष्ट खेलाडीहरू तमतयार छन् । फ्रान्सका एनगोलो कान्टे यी खेलाडीहरूमध्ये एक हुन् । उनको सङ्घर्ष र सफलता दुवै उच्च छ ।

धेरैलाई थाहा छ उनी २०१८ मा फ्रान्सलाई विश्वकप जिताउने टोलीका महत्त्वपूर्ण सदस्य हुन् । भर्खरै चेल्सीलाई युरोपेली च्याम्पियन्स लिग जिताउन उनले महत्त्वपूर्ण भूमिका निभाए ।

तर सबैलाई थाहा नहुनसक्छ– उनी १९९८ को फ्रान्स विश्वकपमा रङ्गशाला वरपर छरिएका पानी र बियरका बोतल उठाउँथे । यो विश्वकपमा आयोजक टोलीले कुनै खेल हारेन, त्यसैले घरेलु समर्थकहरूमा ठूलो उत्साह थियो ।

८ वर्षका कान्टे भने ती समर्थकहरूले फालेका बोतलहरू देखेरै दङ्ग थिए, किनकि यसलाई बेचेर उनले राम्रो पैसा कमाए । यही विश्वकपले उनमा फुटबलप्रतिको लगाव पनि सिर्जना गर्यो ।ratopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...