तीन हप्ता सम्म वडा कार्यालय सचिब बिहिन, मुखदर्शक प्रशासन फाँट,

49 पटक हेरिएको

बिगत ३ हप्तादेखी वडा सचिब नहुदा पञ्चपुरीका सेवाग्राही मर्कामा परेका छन । पञ्चपुरी नगरपालिकाको वडा नं १ मा जेठ महिना देखि वडा सचिब गंगा रोकाय बिदामा बसेपछि वडा बाट दिइने सेवा सुबिधा प्रभाबित भएको छ । सेवा लिन आएका सेवाग्राहीहरु वडा सचिब नभएकै कारण फर्किन बाध्य भएको स्थानियले बताएका छन ।

ब्यक्तिगत घटना दर्ता देखि लिएर राजस्व संकलनको काम समेत रोकिएको छ । सामान्य सेवाहरु कार्यालय सहयोगीले दिदै आएका छन । नव निर्वाचित वडा अध्यक्ष कर्ण थापा कार्यालयमा आएदेखि आफ्नो वडाको काम गर्नको लागि सचिब को हो भन्ने कुरामै अन्योलमा रहेका छन । असारमा आगामी आ.ब. को बजेट तथा कार्यक्रम ल्याउनको लागि सचिवको भुमिका समेत महत्वपुर्ण हुन्छ ।

सचिबको ब्यवस्थापन गरिदिनको लागि पटक पटक नगरपालिकामा आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको अध्यक्ष थापाले बताए । “नगरपालिकामा धेरै पटक कर्मचारी पठाउन भने, हुन्छ हुन्छ भन्ने काम मात्रै हुन्छ सचिब पठाउने काम भएको छैन, योजनाका काम वडाका काम सबै रोकिएका छन जनताले सेवा पाएका छैनन” थापाले भने ।

यता कर्मचारी ब्यवस्थापन गर्ने नगरपालिकाको प्रशासन शाखाले भने कछुवाको गतिमा काम गरेको छ । ३ हप्ता बितिसक्दा पनि कर्मचारीको ब्यवस्थापन गर्न सकिरहेको छैन । यस बिषयमा सोमबार कार्यालयमा पुगेर बुझ्न खोज्दा प्रशासन फाँटका सुचना अधिकारी तथा कर्मचारी लालबहादुर सुबेदी तालिमका लागि बीरेन्द्रनगर गएको र टेलिफोनमा कुरा गर्दा कर्मचारीको बिषयमा आफ्नो भुमिका नरहने र कार्यालय प्रमुख नै जिम्मेवार हुने भनेर पन्छिन खोजेका छन । नगरपालिकाले वडा नं १ को सचिवको जिम्मेवारी दुर्गा घिमिरेलाइ तोकेर पत्र काटेको तर पत्र नपुग्दै घिमिरेले आफु त्यहा जान नसक्ने भन्दै समस्या देखाएपछि कार्यालय कर्मचारी खटाउने निर्णय बाट पछि हटेको छ ।

नगरपालिकामा भएका कर्मचारी माथि अनेक निती नियम लगाउन खोज्ने प्रशासन फाँट सचिव नहुदा जनताले पाएको दुख प्रति मुखदर्शक भएर बसेको छ । नगरपालिका बाट वडामा कसलाइ कहिले पठाउने भन्ने कुनै ठोस निर्णय समेत हुन सकेको छैन । उता वडा नं १ का नागरिकहरुले तत्काल सचिवको ब्यवस्थापन गर्न माग गरेका छन भने ब्यवस्थापन नगरे आन्दोलन गर्ने समेत चेतावनी समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...