विश्व वातावरण दिवस पञ्चपुरीमा विभिन्न कार्यक्रम गरी मनाइयो

28 पटक हेरिएको

२२ जेठ सुर्खेत ।
विश्व वातावरण दिवसको अवसरमा सुर्खेतकाे पञ्चपुरीका विभिन्न ठाउँमा आज कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय भेरी बाबियाचौरको आयोजनामा बाबियाचौर बजारदेखि र्याली सहित वृक्षारोपण गरिएको छ। कार्यालयले बाबियाचौरमा रहेको विद्याज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरेको हो ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले प्लास्टिक जन्य पदार्थहरूको नियन्त्रण गरी वातावरण संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । वातावरण प्रदूषण हुनु मानव स्वास्थ्यको लागि हानिकारक भएको हुँदा सानो लापरवाहीले वातावरण बिग्रिने भएकोले यस प्रति सबै जागरुक हुनुपर्ने बताउनुभएको छ ।

यसैगरी वातावरण दिवसकै अवसर पारेर पञ्चपुरी नगरपालिका वडा नम्बर ६ को आयोजना तथा कारितास नेपाल, महिला सशक्तिकरण बहुउद्देशीय सहकारी संस्थाको सहयोग समन्वयमा वडा नम्बर ६ को कार्यालय परिसरमा पनि वृक्षारोपण गरिएको छ। इलाका वन कार्यालय बाबियाचौरबाट प्राप्त बिरुवा वडा नम्बर ६ को कार्यालय र कारितास नेपालले लगानीमा ल्याएका बिरुवाहरू लगाइएको हो ।

त्यसैगरी आज नै वातावरण दिवसको अवसर पारेर आवाज संस्था सुर्खेतले पञ्चपुरीको वडा नम्बर ९ विद्यापुर र वडा नम्बर १० को जाममा वातावरण संरक्षण तथा जनचेतनामूलक सडक नाटक समेत प्रदर्शन गरेको छ । सडक नाटकमा बाल क्लब तथा युवा क्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...