प्रधानमन्त्रीको प्रतिगामी कदमले देश संकटमा परेको चौकुनेका राजनितिक दलको निष्कर्ष,

प्रधानमन्त्री केपि शर्मा ओली को प्रतिगामी कदमका बिरुद्ध चौकुनेका राजनीतिक दल हरुले संयुक्तरूपमा बक्तब्य निकालेका छन । नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले संयुक्त बक्तब्य निकालेका हुन ।

बक्तब्यमा नेपाली काङ्ग्रेस चौकुनेका सभापति मोहनसिंह थापा, नेकपा एमालेका सह संयोजक हरिप्रसाद खनाल, नेकपा (माओबादी केन्द्र) का अध्यक्ष गंगाराम बिक र राष्ट्रिय जनमोर्चाका सचिब भुपेन्द्र जैशीले हस्ताक्षर गरेका छन ।

बक्तब्यमा कपि शर्मा ओलिले निर्वाचन नगराई आफ्नो निरङ्कुश सत्ता लम्ब्याउने दुरशयबाट घोषित आम निर्वाचनले कोरोना संक्रमणको महामारीको भयावह अबस्थाको सामना गरिरहेको जनताका जिवनलाई झन गम्भीर संकटमा धकलिदिएको भनिएको छ ।

जनताको रक्षा गर्ने समयमा संसद बिघटन गरि समस्यामा पार्ने काम भएको हुदा यसका बिरुद्ध सबैजना एकजुट हुन आह्वान समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...