यातायात व्यवसायी पञ्चपुरी २ का कर्मचारीहरूद्वारा सार्वजनिक शौचालय मर्मत,

11 पटक हेरिएको

सुर्खेत ।
पञ्चपुरी नगरपालिकाको वडा नम्बर २ मा रहेको सार्वजनिक शौचालय हिजो सरसफाई गरिएको छ । संयुक्त यातायात प्रालीका कर्मचारीहरू वडा कार्यालय र स्थानीयको सहभागितामा  सार्वजनिक शौचालय प्रयोगमा ल्याउन लागिएको हो । केही वर्ष अगाडि नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाद्वारा निर्माण गरिएको शौचालय प्रयोगविहीन भएको थियो ।
पलैटे बजारमा यातायात गर्दा आउने यात्रुहरूलाई सार्वजनिक शौचालयको असुविधा भएको कारण उक्त बनिरहेको शौचालयलाई प्रयोगमा ल्याउन लागिएको यातायात व्यवसायीले बताएका छन् । साथै उनीहरूले शौचालयमा पर्याप्त खानेपानीको व्यवस्थापन गरिदिनको लागि वडा कार्यालय र खानेपानी कार्यालयसँग आग्रह समेत गरेका छन् । पलैटे बजारमा जम्मा भएका यातायात समितिका कर्मचारी र स्थानीय युवाहरूले शौचालयसम्म जाने बाटो फराकिलो गर्नुका साथै शौचालय वरपर मर्मत तथा सरसफाई गरेका हुन् ।
सरसफाई कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष यामबहादुर बिसीले शौचालय नियमित प्रयोगमा ल्याउनको लागि वडा र स्थानीय नागरिकको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । साथै उहाँले शौचालय मर्मत सुधारका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...