बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सुर्खेत पञ्चपुरीका मतदान केन्द्रमा स्वास्थ्य सामाग्री ब्यवस्थापन गरिएको छ । नगरपालिकामा रहेका ११ ओटा वडाका १२ ओटा मतदान स्थलमा स्वास्थ्य सामाग्री राखिएको हो ।
स्वास्थ्य शाखा बाबियाचौरले मतदानको समयमा चर्को गर्मीमा लाइन बस्नुपर्दा बिरामी पर्न सक्ने भन्दै प्राथमिक उपचारका लागि जिवनजल, मेट्रो, पारासिटामोल लगाएतका ५ प्रकारका औषधि ब्यवस्थापन गरेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट मनोहर उपाध्यायले नगरपालिकामा रहेका सबै मतदान केन्द्रमा स्वास्थ्य सामाग्रि ब्यवस्थापन गरिएको जानकारी दिनुभएको छ ।
प्रत्येक मतदान केन्द्रमा स्वास्थ्यकर्मी रहेको र मतदातामा स्वास्थ्य समस्या देखिएमा तुरुन्तै उपचार गरिने समेत ब्यवस्था गरिएको छ । स्वास्थ्य शाखाले बिद्यापुर, दुलालथाइ, बाबियाचौरमा औषधी ब्यवस्थापन गरेको छ भने अन्य मतदान स्थलमा सम्बन्धीत स्वास्थ्य चौकी हरुले ब्यवस्थापन गर्ने गरी औषधी ढुवानी गरेकोे छ ।