पञ्चपुरीका सामुदायिक बिद्यालय शिक्षकहरुलाई पाठ्यक्रम प्रबाेधिकरण तालिम,

नेपाल शिक्षक महासंघ पञ्चपुरीकाे आयाेजना पञ्चपुरी नगरपालिकाकाे शिक्षा युवा तथा खेलकुद बिकास शाखाकाे समन्वयमा शिक्षक हरुका लागि पाठ्यक्रम प्रबाेधिकरण तालिम आज सम्पन्न भएको छ । पञ्चपुरीका सामुदायिक बिद्यालयका २/२ जना शिक्षकहरुकाे उपस्थितिमा तालिम सञ्चालन गरिएको हाे ।

तालिमको उद्घाटन शत्रमा पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले बिद्यालयकाे शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । बिद्यालय र शिक्षकका थुप्रै समस्या भएको र समाधानका लागि आबश्यक नीति बनाइ बजेट ब्यवस्थापन गर्ने बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले शैक्षिक क्षेत्रकाे बिकासका लागि नगरपालिकाले पञ्चबर्षीय याेजनामा पनि समेटेकाे बताउनुभयो । नगरप्रमुख भण्डारीले स्थानीय पाठ्यक्रम निर्माणकाे अन्तिम चरणमा रहेकाे र यसै शैक्षिकसत्र बाट लागू गर्ने गरि तयारी गरिएको बताउनुभएको छ । भाैतिक संरचना संगै शिक्षकलाई तालिमकाे ब्यवस्थापन गरेर नगरपालिकामा शैक्षिक गुणस्तर बनाउन अावश्यक सहयोग गर्ने र शिक्षकले पनि मन वचन र कर्मले लागिपर्नुपर्ने समेत बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...