पञ्चपुरीमा राजनैतिक दलका उम्मेदवारको मनोनयन दर्ता,

वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि पञ्चपुरी नगरपालिकामा रहेका सक्रिय राजैतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन । आज स्थानिय निर्वाचनको कार्यालय बाबियाचौरमा पुगेर नेपाली कांग्रेसबाट मेयर पदका लागि लालबिर भण्डारी र उपमेयरका पदका लागि मुक्ति रेग्मीले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी नेकपा एमालेबाट मेयरका उम्मेदवार धनबहादुर थापा र उपमेयरका उम्मेदवार दुर्गा जैशी पनि मनोनयन दर्ता गरेका हुन् । नेकपा माओवादि केन्द्रबाट मेयरमा केशब शाही र उपमेयरमा बिमला सञ्ज्याल, नेकपा समाजवादी बाट मेयरमा मानबहादुर बयक र उप मेयरमा कबिता सोडारीले उम्मेदवारी दिएका छन ।

त्यसैगरि राप्रपाले पनि मेयर पदमा कबिराम पुरी र उप मेयरमा बिमला शाहीलाइ उम्मेदवार बनाएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मजदुर किसान पार्टि र नेपाल परिवार दलले पनि मेयर उपमेयर पदका लागि उम्मेदवारी दिएको र उम्मेदवारको मनोनयन दर्ताको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...