कराते खेलकुद अभ्यास कार्यक्रम पञ्चपुरीकाे बाबियाचाैरमा सम्पन्न

28 पटक हेरिएको

अादर्श सितोरियो कराते ‘डाेजाे’ उपशाखा पञ्चपुरी सुर्खेत काे अायाेजना तथा पञ्चपुरी नगरपालिकाकाे सहयोगमा कराते खेलकुद अभ्यास कार्यक्रम २०७८ पञ्चपुरीकाे बाबियाचाैरमा सम्पन्न भएको छ । । नगरपालिका भित्रका अभ्यास खेल खेलिरहेका बालबालिकाहरु बिच कराते प्रतियोगिता गरिएको हाे । कार्यक्रमकाे उद्घाटनमा पञ्चपुरी नगरपालिका वडा नं ५ का अध्यक्ष हाेम बहादुर रामजालीले क्लवले बालबालिकाकाे बिकासका लागि सुरु गरेकाे कराते अभ्यास खेल राम्रो भएको र यसकाे बिकासका लागि वडा स्तरबाट पनि अाबश्यक सहयोग गर्ने बताउनुभएको छ ।

त्यसैगरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले खेलकुद बिकास गर्न नगरपालिका पनि तत्पर रहेकाे र बालबालिकाहरुमा कराते खेलकाे महत्त्वका बारेमा जानकारी दिन अाबश्यक रहेकाे बताउनुभयो । मानव जीवनमा खेलकाे पनि अति अाबश्यकता रहेकाे हुदा खेलले शरीर स्वस्थ राख्न मद्दत गर्ने बताउनुभयाे । खेल विभिन्न ताैल समुहका खेलाडी बिच खेलाईएकाे हाे । खेलमा उत्कृष्ट नतिजा ल्याउने बालबालिकालाई हरुलाई पुरुस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको छ । कार्यक्रम क्लवका अध्यक्ष सावित्री खड्काकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...