एमाले सांसदले फ्लोर क्रस गर्दा कर्णालीमा शाही सरकार जोगियो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।

शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए ।

जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।

कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका छन् ।

फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् ।

काँग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक ढंगले एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिएका छन् ।

तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको एकता पछि बनेको सरकारमा माओवादीको भागमा कर्णालीमा मुख्यमन्त्री परेको थियो ।

एकता प्रक्रिया पुरा नहुँदै सर्वोच्य अदालतले माओवादी केन्द्र र एमाले विचको एकता अगल गरिदिएपछि मुख्यमन्त्री शाहीलाई दिएको विश्वासको मतबाट एमाले बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...