राष्ट्रिय युवा संघ नेपाल गुर्भाकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न,

दिलिप ढकाल, गुर्भाकोट सुर्खेत ।

देशै भर स्थानिय तहको निर्बाचन को माहोल तातिरहेको बेला विभिन्न ठाउमा भिभिन्न पार्टीले चुनाब लक्षित कार्यक्रम हरु अघि बढाएका छन यसै क्रममा नेकपा एमालेका संगठन राष्ट्रिय युवा संघ नेपाल गुर्भाकोट नगर कमिटीको आयोजना मा चुनावी केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

उक्त नगर सभाको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल गुर्भाकोट नगरकमिटी शंकर गुरुङले गर्नुभएको थियो। प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय धुर्ब कुमार शाही विशेष अतिथि कर्णाली प्रदेश निबर्तमान प्रदेश सभा सदस्य तथा नेकपा एमाले का नेता ठम्मर बिष्ट कर्णाली प्रदेश कमिटी सदस्य मान बहादुर खत्री ,शुशिला बि क , चुडामणि शर्मा , जिल्ला कमिटी सदस्य तिलक केसी , खुम बहादुर डागी, प्रशन्न कुमार शाह, जितबहादुर पुन, नगर कमिटी अध्यक्ष देब बहादुर खत्री नगर कमिटी सचीव शशि भट्टराई उत्पीडित दलित मुक्ति मोर्चा नगर कमिटी अध्यक्ष बेल बहादुर बिक, रास्टिय युवा संघ नेपाल केन्द्रिय सदस्य राम बहादुर राना भुसाल खेलकुद महासंघ नगर कमिटी अध्यक्ष दोण हमाल युवा नेता रमेश पुन लगायतले उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नु भयो।

कार्यक्रम मा वाड नम्बर १ देखि १४ वाड सम्मका सम्पुर्ण कमिटीका अध्यक्ष तथा सदस्य हरुको सहभागिता रहेको नेकपा एमाले गुर्भाकोट नगर कमिटि का सचिब शशि भट्टराईले जानकारी दिनुभयो । कार्यक्रम सफल पार्न सहयोग गुर्नु हुने सम्पुर्णलाइ नेकपा एमाले गुर्भाकोट नगर कमिटि हार्दिक धन्याबाद ब्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...