जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशिल’ रहेको जनाएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतिका दृष्टिले अति संवेदनशिल, सामान्य र अति सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको हो ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशिल, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रिजाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेसहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले जिल्लाका नौ स्थानीय तहमध्ये लेकवेशी र भेरीगंगा नगरपालिकाका मतदानस्थलबाहेक अन्य सबै स्थानको निरीक्षण गरिसकेको छ ।
निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी क्यामरा जडान गर्न निर्देशन दिएपछि सुरक्षा टोलीले मतगणनास्थल निरीक्षण गरेको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनका लागि आवश्यक व्यवस्थापकीय तयारीहरु भइरहेको बताए ।
सुर्खेतमा दुई लाख ३८ हजार ४५७ मतदाता छन् । जिल्लाका १३८ स्थलमा गरी २९१ मतदान केन्द्र छन् ।