सुर्खेतको चौकुने गाउँपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नाप्ने कामको शुरुवात गर्ने भएको छ । शुक्रबार गाउँपालिकामा बसेको सहजीकरण समितिको बैठकमा बैशाख ४ गते देखि जग्गा नाप्ने कार्य शुरु गर्ने भुमी शाखामा कार्यरत इकाई प्रमुख धनिराम धमालाले जानकारी दिनु भयो । पहिलो चरणमा चौकुने गाउँपालिकाको वडा नं. ६ र वडा नं. ८ बाट नापी कार्य अगाडि बढाउने निर्णय समेत गरेको छ ।
यसै विच गाउँपालिका अध्यक्ष धिरबहादुर शाहिले २०७८ असोज मसान्त भित्र चौकुनेका सबै अव्यवस्थित बसोबासीलाई व्यबस्थित गर्ने र जग्गा धनीहरुलाई भुमिको मालिक बनाउने लक्ष्य रहेको बताउनु भयो । चौकुनेमा ४ हजार ६ सय ५४ अव्यवस्थित बसोबासि र २ सय २७ भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीहरुले निवेदन पेश गरेका छन । कार्यक्रममा नेपाली काङ्ग्रेसका पार्टी सभापति मोहन थापा, नेकपा एमालेका पार्टी प्रतिनिधि जयबहादुर चलाउने, नेकपा माओवादी केन्द्रका पार्टी प्रतिनिधि कमल जिसि, कार्यपालिकाका सदस्य, भुमी शाखामा कार्यरत कर्मचारीहरु लगाएतको उपस्थित रहेको नन्दु खनाल जानकारि दिनु भएको छ ।