आइपीएल टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेरबीचको खेल हुने हुँदैछ ।

मुम्बई र बेङ्ग्लाेरबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने बेङ्ग्लाेरको कप्तानी विराट कोहलीले गर्दैछन् ।

बेङ्ग्लाेरले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको भए पनि तीन पटक नै हार ब्यहाेरेकाे छ । यस्तै मुम्बईले पछिल्ला दुई सिजनको उपाधि लगातार जितेको थियो । यसैबीच, भारतको विभिन्न ठाउँमा कोरोनाको दोस्रो लहर सुरु भएकाले विशेष स्वास्थ्य सावधानी अपनाइने भएको छ ।

केही ठाउँमा लकडाउन भएको र खेलाडीहरुमा समेत कोरोना सङ्क्रमण भएकोले विशेष सावधानी अपनाइने आयोजकले जनाएको छ । आजदेखि सुरु हुने खेलमा सहभागी हुने खेलाडीलाई कोरोनाको सङ्क्रमण हुन नदिन होटलबाट बसमार्फत सिधै स्टेडियममा लैजाने र खेल सकिएपछि फेरि बसमार्फत नै होटलमा लगेर राख्ने व्यवस्था मिलाइएको छ ।

यस्तै बस चालकको बेलाबेलामा स्वास्थ्य परीक्षण गरिने पनि बीबीसीले जनाएको छ । यसअघि १३ औं‌ संस्करणको खेल कोरोनाको जोखिमका कारण दर्शकबिनानै खेलाइएको थियो। ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...