लाइप्जिगलाई हराउँदै लिभरपुल क्वाटर–फाइनलमा

काठमाण्डाै – आरबी लाइप्जिगलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटर–फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६–को दोस्रो लेगमा लाइप्जिगलाई दुई–शून्यले हराउँदै लिभरपुल क्वाटर फाइनल पुगेको हो ।

पहिलो लेगमा पनि दुई शून्यले पराजित भएको लाइप्जिग समग्रमा चार–शून्यले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । 

दोस्रो लेगमा लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले एक–एक गोल गरे । लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको हो । सलाहले खेलको ७० औँ मिनेटमा गोल गरे भने मानेले ७४ औँ मिनेटमा गोल गरे ।

यस्तै बुधवार राति भएकाे अर्काे खेलमा बार्सिलाेनालाई हराउँदै पेरिस सेन्ट जर्मेइन क्वाटर–फाइलमा प्रवेश गरेकाे छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...