३ महिने बेसिक कम्प्युटर कक्षा तालिम सम्पन्न,

बाबियाचाैर कन्सल्टेन्सी बाबियाचाैर सुर्खेतको अायाेजना तथा पञ्चपुरी नगरपालिकाकाे सहयोग मा सञ्चालन भएको ३ महिने कम्प्युटर बेसिक काेर्ष तालीमकाे अाज समापन गरिएकाे छ । नगरपालिकाकाे ३ लाखकाे सहयाेगमा ३३ जना सहभागीलाई तालिम दिईएकाे हाे । कार्यक्रम काे समापनमा बाेल्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले जुनसुकै कार्यालय मा कम्प्युटर अाबश्यक पर्ने भएको हुदा र पैसाकाे अभावमा कम्प्युटर सिक्न बाट बञ्चित भएका हरुकाे लागि अबसरकाे सृजना गरेकाे बताउनुभएको छ ।

तालिममा सिकेका कुरा लाई ब्यबहारमा सदुपयोग गर्न समेत अाग्रह गर्नुभएको छ । समापन कार्यक्रमका सभापति लाेकेन्द्र रावलले सहभागीहरुले तालिममा धेरै समय सिक्ने प्रयत्न गरेको बताउनुभएको छ । साथै उहाले नगरपालिकाले गरेकाे सहयोगकाे उच्च कदर गर्दै धन्यवाद समेत दिनुभएको छ । कन्सलटेन्सीले बिगत देखि कम्प्युटर कक्षा, अतिरिक्त कक्षा, सिलाईकटाई, लाेकसेवा अायाेग तयारी कक्षा विभिन्न सिपमुलक तालिम संचालन गर्दै अाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...