एपीएफ र सङ्कटाबीचकाे खेल बराबरीमा सकियाे,

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएकाे दाेस्राे खेलमा एपीएफ र सङ्कटाले पनि गाेलरहित बराबरी खेलेका छन् । 

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा एफीएफ र सङ्कटाले गाेलरहित बराबरी खेलेका हुन् । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोली माैका बनाए पनि गाेल गर्न भने सकेनन् । 

बराबरीसँगै एपीएफले १० खेलमा ११ अङ्क जोड्दै नवौँ स्थानमा रहेको छ । सङ्कटा १० खेलमा १५ अङ्क जोडेर छैटौँ स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...