दुल्लुमा च्याउ खेति सम्बन्धि तालिम सुरु,

दैलेखको दुल्लू नगरपालिका वडा न २ को नरेश्वर आधारभुत बिद्यालयमा समुदायका २० जना लाई सिताके च्याउ खेती सम्बन्धी १५ दिने तालिम सुरु गरिएको छ । दुल्लु नगरपालिकाका प्रशासकिय प्रमुख ज्ञानमणि नेपाल, जोरासिङ कार्कीले तालिम प्रदान गर्न लागेको उद्योग अधिकृत पर्शुराम आचार्य ले जानकारी दिए ।

नगर उपप्रमुख बिष्णु थापाले तालिमले रोजगारी सङ्गै सीप बिकास हुने र महिला को आर्थिक क्षमता बिकासमा टेवा पुग्ने धारणा राख्नु भयो । दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले उद्यमशिल बिद्यालय निर्माण को क्रममा यस्ता तालिमले याेजना निर्माण र कार्यक्रम संचालन गर्दा विद्यार्थीको सिकाईमा सहजता प्रदान गर्ने कुरा राख्नु भएकाे थियाे ।

तालिमका सहजकर्ता शिताके च्याउ उत्पादक उद्यमी नगेन्द्र खड्काले उत्पादन ढिलो हुने हुदा न आतिन अनुरोध गरेका छन । तालिम कार्यक्रममा बिएससी एजि देखि एम ए सम्म पढेकाहरुकाे सहभागीता रहेकाे छ । कार्यक्रमको सञ्चालन उद्यम बिकास सहजकर्ता रण कुमारी खड्काले गर्नु भएकाे बिबि कार्कीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...