पञ्चपुरीमा यस बर्ष ८० जना उद्यमी तयार गरिने,

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाले ब्यवसाय गरिरहेका ब्यबसायी हरुलाई थप सहज बनाउन सहयोगका कार्यक्रम ल्याएकाे छ । गरिबी निवारणका लागि लघु उद्यमबिकास कार्यक्रम अन्तरगत पञ्चपुरी नगरपालिकामा यसै अार्थिक बर्षमा ८० जना नया उद्यमीहरु तयार गरिने भएको छ । छनाैट भएका साना उद्याेग संचालन गरेका हरुलाई उनिहरुकाे ब्यवसायमा थप सहयोग गर्न सामग्री सहयोग गर्ने कार्यक्रम रहेकाे उद्यम बिकास सहजकर्ता अनु भण्डारीले बताईन । नगरपालिकाकाे वडा नं १ र ११ मा सहभागीतामुलक ग्रामीण लेखाजाेखा (पि अार ए) गरिसकिएकाे छ । समुदायमा रहेका सवालकाे पहिचान गरि सफल हुनसक्ने ब्यवसाय छनाैट गर्न फारम संकलन भैरहेकाे छ । जनप्रतिनिधि र उद्यमि हरुकाे सहभागितामा छलफल समेत सम्पन्न भएको छ ।

११ अाेटा वडाका गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रमबाट सहयोग लिएर ब्यबसाय गरेका ४० जना उद्यमी हरुलाई स्तराेन्नाेति गर्ने लक्ष्य रहेको उद्यम बिकास सहजकर्ता लक्ष्मी पाैडेलले जानकारी दिईन । नया उद्यमि हुन र सहयाेग पाउनकाे लागि प्रति ब्यक्ति बार्षिक ३८ हजार १ सय २९ रूपैयामा अाम्दानि भएको हुनुपर्ने मापदण्ड रहेको छ । पाैडेलले पञ्चपुरी नगरपालिकामा यस अघि ४ सय ८५ जना उद्यमि भएको तर उनिहरुकाे अहिलेकाे अवस्थाकाे बारेमा खाेजि गरिने बताईन । पञ्चपुरीकाे वडा नं १ र ११ मा गरिएको पि अार ए अनुसार पहिलाे प्राथमिकता सुन्तला, टिमुर खेती, सिलाईकटाइ, मुडा बुनाई ब्यवसाय राखिएको छ । नयाँ छनाैट भएका उद्यमीलाई तालिम पछि मात्रै सामाग्री सहयोग गरिने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...