सुर्खेतकाे पञ्चपुरी ८ मा सप्तरङ्गी युवा क्लवकाे आयाेजनामा भएको खुला भलिवल प्रतियोगिताकाे उपाधि पञ्चपुरी १० ले हात पारेकाे छ । सहिद दिवशकाे अबसरमा माघ १६ गते देखि सुरु भएको भलिबल प्रतियोगितामा ९ अाेटा टिमकाे सहभागीता रहेकाे थियोे । जनजागृत बिद्यालय पञ्चपुरी वडा नं ८ दुलालथाईमा भएको खेलमा प्रथम हुनेले नगद १० हजार दाेस्राे हुने वडा नं ११ लाई नगद ५ हजार पुरस्कार र प्रमाणपत्र बितरण गरिकाे छ । युवाहरुमा खेलकाे बिकास गर्नकाे लागि भलिबल खेलकाे अायाेजना गरिएकाे अायाेजकले जनाएको छ । खेलकाे प्रथम पुरस्कार कलम खत्री र दाेस्राे पुरस्कार प्रेम खरेलले प्रायाेजन गर्नुभएको थियाे ।

समपान कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं २ ख का सभापति कृपाराम थापा, रबि कडेलकाे समेत सहभागीता रहेकाे थियोे । भिम सहकारी ले संचालन गर्नुभएको कार्यक्रम वडा अध्यक्ष भक्ति पाैडेल प्रमुख अतिथी र याेगेश महतराकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।