शहिद दिबसकाे अवसरमा सदन स्तरीय खेलकुद प्रतियोगिता सुरु,

सुर्खेतकाे पञ्चपुरी ५ मा रहेको विद्याज्योति माद्यामिक विद्यालयले शहिद दिवसको अबसरमा विभिन्न खेलकुद प्रतियोगिता संचालन गरेकाे छ । विद्यालयले कक्षा १ देखि कक्षा १२ सम्मका बिद्यार्थीहरु बिच सदन स्तरीय खेलकुद संचालन गरेकाे हाे । खेलकुद कार्यक्रममा एथ्लेक्टिस तर्फ १ सय, २ सय, ४ सय, ८ सय,१ हजार, ३ हजार मिटर छात्र छात्रा दौड र छात्र छात्रा लङ्पजम्प, त्रिपलजम्प रहेका छन ।

यसैगरी छात्र छात्रा कबड्डी, छात्र फुटबल रहेका छन भने कक्षा १ देखि कक्षा ५ सम्मका लागि हिसाव दौड, बोरा दौड, भित्र बाहिर र तातोआलु खेल खेलाईने खेल शिक्षक मिनबहादुर रावलले जानकारी दिएका छन । आज भएको ३ हजार मिटर दौडमा छात्रा तर्फ सेतो सदनका रिता बि.क. प्रथम, रातो सदनकी गिता शाहि दाेस्राे र सुनिता बि.क.तेस्रो भएका छन भने छात्र तर्फ हरियाे सदनका मस्तिक बयक प्रथम, निलो सदनका बिन्दास बि.क.दाेस्राे र सेतो सदनका लोकेन्द्र बिष्ट तेस्रो भएका छन । खेलकुद माघ १६ गते सम्म सञ्चालन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...