मधुराे तर पारिलाे घाम, दिउँसोको करिब साढे १ बजेकाे समय । नजिकै हरियाली जंगल, खेतीयोग्य जमिन संगै जाेडिएका घरहरु, वरिपरि तारबारले घेरीएकाे प्रयाप्त खेलमैदान अनि रङ्ग राेगन गरिएका भवन याे दृश्य जनजागृत अाधारभुत बिद्यालयकाे हाे । अाईतबार दिउँसो बिद्यालयमा मध्यान्तरकाे समय थियोे बिद्यार्थी काेहि खाजा खादै थिए, काेहि लुकामारी खेल्दै थिए त काेहि चर्पि जादा लाईनमा लागेको देखिन्थ्याे । हेर्दा राम्रो बाताबरण भएको सुर्खेत पञ्चपुरी ८ दुलालथाईकाे बिद्यालयमा चर्पिकाे अबस्था भने दयनिय रहेकाे छ ।

छात्राहरुकाे लागि शाैचालय भएपनि छात्रहरुका लागि भने अस्थायी रुपमा बनाईएकाे छ । न ब्यवस्थित ढाेका न ब्यवस्थित तरिकाले माथिबाट छानाे नै लगाईएकाे छ । छात्रहरु शाैचालय प्रयाेग गर्न लाईन लाग्नुपर्ने र खुला ठाउमा शाैच गर्न जानुपर्ने अबस्था रहेकाे छ । २०४४ सालमा स्थापना भएको बिद्यालयमा अहिले ५ सय भन्दा बढि बिद्यार्थी अध्ययन गर्ने गरेका छन ।
पटकपटक बिद्यालयमा शाैचालय निर्माणका लागि पहल गर्दा यसपटक नगरपालिका बाट १ लाख बजेट बिनियाेजन भएको प्रधानाध्यापक थानि घिमिरे बताउछन् । “गत बर्ष ५ लाख बजेट बिनियाेजन भएको थियोे काेराेना महामारीको कारण काम राेकियाे याे बर्ष १ लाख मात्रै बजेट छ शाैचालय निर्माणका लागि त्यतिले मात्रै पुग्दैन नगरप्रमुख संग समस्या राखेकाे छु” प्रधानाध्यापक घिमिरेले भने ।

यता पञ्चपुरी वडा नं ८ का अध्यक्ष भक्ति पाैडेलले शाैचालय निर्माणका लागि ५ लाख बजेट जसरी पनि बिद्यालयलाई उपलब्ध गराउने बताएका छन । बिद्यालयमा समस्या छ यश बिषयमा नगरपालिकामा पनि कुरा गरेकाे र नगरपालिका पनि सकारात्मक देखिएकाे उनकाे भनाइ रहेकाे छ । पुरानाे शाैचालय जिर्ण भएको र बिद्यालयकाे खेलमैदान निर्माण गर्दा अस्थायी शाैचालय निर्माण गर्नुपरेकाे हाे ।