सुर्खेत ।
आजको बचत भोलिको समृद्धिको आधार ,कर्जा भार होइन आर्थिक समृद्धिको औजार भन्ने मूल नाराका साथछिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पञ्चपुरीको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम बाबियाचौरमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा संस्थामा आवद्ध रहि कारोवार गरि रहेका सदस्य हरुलाई बित्तिय साक्षरता सम्वन्धि जानकारी समेत दिईएको छ ।
कार्यक्रममा संस्थाबाट दिने पुरस्कार स्वरूप सदस्यका १० जना छोरा÷छोरीलाई छात्रवृत्तिको रूपमा रु २ हजार ४ सयका दरले रकम प्रदान गरिएको छ । संस्थाले चादनी सापकोटा, तुलसी बराली, निरुता कंडेल, दृष्टी बयक, विमला विक, माया रोकाय श्याम सार्की, उमा सार्की, हेमन्ती रावत र तृसना कार्कीलाई पुरस्कृत गरेको हो । कार्यक्रमको सहजिकरण शाखा प्रबन्धक संगीत ओलीले गर्नुभएको हो ।