अब फोरजीमा आधारित भ्वाइस सेवा, आवाजको गुणस्तर बढ्ने

नेपाल टेलिकमले अब फोरजी (एलटीई) प्रविधिमा उच्च गुणस्तरीय भ्वाइस सेवा दिने भएको छ । परीक्षणमा रहेको यो सेवा सुरु भएपछि टेलिकमको जीएसएम मोबाइल सेवाका सेवाग्राहीले अहिलेको भन्दा स्तरीय भ्वाइस सेवा पाउन सक्ने कम्पनीको दावी छ ।

अहिले टेलिकमले भ्वाइस सेवा टीडीएम प्रविधिमा दिइरहेको छ । यो सेवा सुरु भएपछि भ्वाइस सेवा एलटीईमा आधारित हुनेछ ।

यो सेवा सुरु भएपछि टेलिकममा मोबाइलमा हुने फोन इन्टरनेटमा आधारित प्रणलीमा आउनेछ । तर, त्यसको बिलिङ भने हालकै प्रणालीबाट हुने टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अहिले आफूले इन्टरनेट खोल्दा मात्रै मोबाइलमा इन्टरनेट चल्छ । तर, टेलिकमले परीक्षणमा रहेका सेवा थालेपछि कल आउँदा पनि फोन इन्टरनेटमै कनेक्ट हुने गरी सेवा लिन सकिनेछ ।

अहिले डाटा चलाएको अवस्थाबोहक अन्य अवस्थामा फोन थ्रजी/टुजीकै सर्किटमा बस्छ भने नयाँ प्रविधिमा गएपछि फोन आउँदा पनि इन्टरनेटकै माध्यम प्रयोग गर्न सकिनेछ । यो सेवामा मोबाइल कनेक्ट हुन निश्चित गुणस्तरको फोरजी नेटवर्क भने उपलब्ध हुनुपर्छ ।

यो सेवा थालेपछि सेवाग्राहीबीच हुने कुराकानी अहिलेभन्दा धेरै स्पष्ट हुने र फोन गर्दा नबुझिने लगायतका गुण्स्तरसम्बद्ध समस्या कम हुने टेलिकमको दावी छ ।

यो सेवा पाउन मोबाइल सेट भने प्रविधिका लागि लागि योग्य हुनुपर्छ । विभिन्न कम्पनीलाई आफ्ना सेटमा भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा ‘इनबेल’ गराउन टेलिकमले आग्रह गरिसकेको छ । भीओएलटीई परीक्षण पास भएका मोबइल सेटका मोडललाई टेलिमकले सूचीकृत गर्नेछ । अहिले विभिन्न कम्पनीका मोडलहरुले यो सेवा खुला राखेर बजारमा ल्याएका छन् ।onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...