बालिका हत्याको निष्पक्ष छानबिन गर्न पञ्चपुरीका अधिकारकर्मीहरुको माग

21 पटक हेरिएको

३० फागुन, सुर्खेत ।
गत फागुन २३ गते सुर्खेतमा एक बालिकामाथि बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । आज महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, नगर स्तरिय लैंगिक हिंसा केस ब्यवस्थापन समिति, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज संस्था, नगर स्तरिय महिला सञ्जाल, कारितास नेपाल, नगर स्तरिय युवा सञ्जाल, नगर स्तरिय बाल सञ्जाल, दलित संघ पञ्चपुरी, सुनचादी ब्यवसाय संघ उपशाखा पञ्चपुरी लगायतका संस्थाहरूले इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतलाइ ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
ज्ञापनपत्रमा गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी १६ वर्षीया इनिसा विकमाथि वीरेन्द्रनगर–४स्थित सहिद पार्क नजिकको जंगल क्षेत्रमा बलात्कारपछि हत्या गरिएको घटना अत्यन्त दुःखद, अमानवीय तथा निन्दनीय भएको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्धामा भएको उक्त घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको पनि उनीहरूले बताएका छन् ।


मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष, गहन तथा शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानून बमोजिम कडा कारबाही गर्न र पीडित परिवारलाई छिटो न्याय दिलाउन माग गरेका छन् ।
त्यसैगरी महिला तथा बालिकामाथि हुने यौन हिंसा तथा अपराधका घटनाको रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी र सचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । उक्त ज्ञापनपत्रको बोधार्थ प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला सरकारी वकिल कार्यालय सुर्खेत तथा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयलाई पनि पठाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...