पञ्चपुरी नगपालिकाले ल्यायो ६९ करोड ६२ लाखभन्दा बढीको बजेट

3 पटक हेरिएको

१० असार सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न १९ औँ नगरसभामा उप प्रमुख मुक्ति रेग्मीले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु. ६९ करोड ६२ लाख ३४ हजार ४२ रुपैयाँ २७ पैसाको बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा यस वर्ष नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ ।
उपप्रमुख रेग्मीका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान रु. १२ करोड २५ लाख, सशर्त रु. २३ करोड ८१ लाख ७२ हजार ६ सय ५०, समपूरक रु. २ करोड २५ लाख तथा विशेष अनुदान ७१ लाख र राजस्व बाँडफाँडमार्फत रु. १४ करोड ९५ लाख ८ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, कर्णाली प्रदेश सरकारबाट विभिन्न अनुदान र राजस्व बाँडफाँडवापत रु. ७ करोड ८७ लाख ९ हजार ४ सय ३२ रुपैयाँ ३७ पैसा प्राप्त हुनेछ ।

नगरपालिकाले आगामी वर्ष आफ्नो आन्तरिक स्रोतबाट रु. १ करोड ६९ लाख ५३ हजार ३ सय राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
नगर प्रमुख लालबीर भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भौतिक विकास, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, महिला तथा बालबालिका सम्बन्धि नीति तथा कार्यक्रम, स्वास्थ्य नीति, शिक्षा तथा खेलकुद, कृषि विकास शाखा, संस्कृति तथा पर्यटन र सूचना, संचार प्रविधि लगायतका नीतिहरु समावेश गरिएको छ ।

नगरपालिकाले “कृषि–पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा स्वरोजगारः सुदृढ जनस्वास्थ्य सहितको समृद्ध पञ्चपुरीको आधार” नगर निर्माण गर्न गुणस्तरीय तथा दिगो आर्थिक र सामाजिक विकासको माध्यमद्वारा पञ्चपुरी नगरपालिकावासीको जीवनस्तर सुधार गरी आर्थिक समृद्धि गर्दै आत्मनिर्भर तथा सक्रिय पुँजी निर्माण गर्ने लक्ष्य लिएको छ ।

नगरपालिकाले पर्यटनको विस्तार, सहज, सर्वसुलभ तथा रोजगारमूलक गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, स्थानीय जातजातिको कला, भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरण, स्थानीय स्रोत साधनको अधिकतम परिचालन मार्फत जीवनस्तरमा सुधार तथा गरिबी न्यूनीकरण, लक्षित तथा पिछडिएको वर्गको जीवनस्तरमा सुधार, दिगो विकास, जैविक विविधता तथा वातावरण संरक्षण एवं संवद्र्धन गर्ने बिषयलाइ समेत निती कार्यक्रममा समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search