१४ फागुन, सुर्खेत ।

नेपाली कांग्रेसका सभापति गगन थापाले आसन्न निर्वाचनमा एजेन्डामा बहस नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएकाे छ । बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताउनु भएकाे हाे ।
आफूले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग एउटै मञ्चमा बसेर आगामी पाँच वर्षका एजेन्डामा छलफल गरौँ भनेर प्रस्ताव राखेको उहाले बताउनु भयाे । सुर्खेतमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले केही तत्वले चुनावको विषयमा संशय सिर्जना गर्न खोजिरहेको समेत आरोप लगाउनुभयो ।
सभापति थापाले सबै भ्रमलाई चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन आफ्नो पार्टीले सरकारलाई पूर्ण साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।












