बराहताल ५ सुर्खेतकाे वडा कार्यालय उद्घाटन

सुर्खेत । सुर्खेतमा पश्चिममा पर्ने बराहताल गाउँपालिकाकाे ५ नम्बर वडा कार्यालयकाे उद्घाटन गरिएकाे छ । बड्डीचौरमा नवनिर्मित भवनको कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्नुभएकाे हाे ।

भवन निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत संघ सरकारबाट ५० प्रतिशत र बराहताल गाउँपालिकाकाे ५० प्रतिशत समपुरक गरी १ करोड ३० लाख बजेट विनियोजन गरिएको थियो।

ठेक्कामार्फत निर्माण गरिएकाे भवन ७४ लाख ९७ हजार ५७७ रुपैयाँमा १० चैत २०७८ बाट निर्माण शुरू गरिएकाे हाे । भवनकाे पहिलो तला २०८० असार १० गते र ५३ लाख ४८ हजार ३२१ रुपैयाँमा २०८० चैत १६ गते ठेक्का सम्झौता भई २०८१ पुस २५ गते दोस्रो तला निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष धिमराज जोल्मी मगरले जानकारी दिए ।

पहिलो र दोस्रो तला निर्माण सम्पन्न भएसँगै भवनको कुल लागत २ करोड ३० लाख पुगेको छ। कार्यक्रममा कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, पूर्व सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोप बहादुर रावत, बराहताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीकाे उपस्थिती रहेकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...