दोस्रो राजी कप २०८१ चौकुने ९ घाटगाउँमा सुरु

१६ मंसिर, सुर्खेत ।

राजी जातिको पहिचान संरक्षणमा हामी युवा भन्ने उद्देश्य सहित दोस्रो राजी कप २०८१ को उद्घाटन गरिएको छ । चौकुने गाउँपालिका वडा नम्बर ९ मा रहेको राजी युवा क्लब को आयोजना तथा चौकुने गाउँपालिका वडा नम्बर ९ को सहयोगमा भएको फुटबल प्रतियोगिताको कर्णाली प्रदेशसभा सदस्य जानकी सिंहले उद्घाटन गर्नुभएको छ । राजी समुदाय बीच एकता र सद्भाव कायम गर्नका लागि सञ्चालन भएको फुटबल प्रतियोगितामा १० वटा राजी युवा टिमको सहभागिता रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका राजी समुदायका युवाहरूको सहभागिता रहने गरी खेलकुद आयोजना गरिएको हो । खेल उद्घाटन गर्दै प्रमुख अतिथि सिंहले राजी समुदायको पहिचान जोगाउनको लागि कर्णाली प्रदेश सरकारले राजी संग्रहालयको लागि बजेट विनियोजन गर्ने बताउनुभएको छ । कार्यक्रममा चौकुने गाउँपालिकाका पञ्चपुरी नगरपालिकाका जनप्रतिनिधि राजनीतिक दल लगायत संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...