चिसाेबाट बचाउन बिद्यालयलाई पि फम सहयाेग,

सुर्खेतकाे पञ्चपुरी नगरपालिका ६ चतुरेमा रहेको गाैरिशंकर आधारभुत बिद्यालयलाई बुधवार पि फम सहयाेग गरिएको छ । मंगलवार भित्तेपत्रिका प्रकाशन तालिममा निशा कंडेल, अमर कार्की र दिपशिखा गिरी बिद्यालयमा पुग्दा बालबालिकाहरु चिसाे भुईमा बसिरहेको देख्दा श्राेत ब्यवस्थापन गरेर ५० मिटर पि फम एकता फाउन्डेसन मार्फत सहयोग गरिएको हाे ।

बुधबार वडा नं ६ का अध्यक्ष खड्कबहादुर थापाले सहयोग हस्तान्तरण गर्नुभएको हाे । अध्यक्ष थापाले आगामी हिउदे परिषदमा बिद्यालयकाे ब्यवस्थापनका लागि आवश्यक सहयाेग गर्ने समेत प्रतिबद्धता जनाउनुभएकाे छ ।

बालबिकास देखि कक्षा ३ सम्मका बिद्यार्थी बस्न कक्षा काेठाकाे कार्पेट पनि पुरानाे भएको र भुई अत्याधिक चिसाे हुने हुदा बिद्यार्थी बाहिर चाैरमा राखेर पढाउन घामकाे पर्खाईमा बस्न बाध्य हुने गरेकाे प्रधानाध्यापक कलावति भण्डारीकाे भनाइ रहेकाे छ ।

त्यस्तै शिक्षिका कमला पाठकले पि फम सहयोगले बिद्यालयकाे तत्कालकाे समस्या समाधान भएकाे र दिर्घकालिन समस्या समाधानका लागि शिक्षा शाखा, वडा कार्यालय र स्थानीय सकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ । आर्थिक श्राेत कम भएको गाैरिशंकर बिद्यालयमा ५ जना शिक्षकहरु स्थानीय श्राेतबाट अध्यापन गराउने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...