पञ्चपुरीकाे वडा नं. ४ मा राष्ट्रिय युवा संघ गठन,

नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघकाे सुर्खेतकाे पञ्चपुरीमा वडा कमिटी गठन गरिएकाे गरिएको छ । पञ्चपुरी नगरपालिकाकाे वडा नं ४ मा आज १२ सदस्यीय युवा संघ गठन गरिएको छ । जसकाे अध्यक्ष गणेश बिसी, उपाध्यक्ष सर्जन बुढा, सचिव दिपक बिसी, उप सचिब कृष्णप्रसाद तिमिल्सिना, रामबहादुर बुचा, काेषाध्यक्ष मनिषा राेकाय रहनुभएकाे छ ।

त्यसैगरी सदस्यहरुमा गणेश बिसी, एकराज बिसी, लक्ष्मी बिसी, हाेम बहादुर रावल, शेरबहादुर राेकाय, मिना आचार्य चयन गरिएको छ । भेला नेकपा एमाले नगरकमिटी अध्यक्ष धनबहादुर थापा काे प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष रामप्रसाद अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...