पञ्चपुरी कृषि सहकारीको ११ औ साधारणसभा सम्पन्न,

पञ्चपुरी कृषि सहकारी संस्था लिमिटेड सुर्खेतको ११ औ वार्षिक साधारण सभा आज बिद्यापुरमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गंगाराम घिमिरेको अध्यक्षतामा भएको साधारण सभामा संस्थाको आर्थिक वर्ष ०७७–०७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराइएको छ ।

संस्थाले समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा सफल रहेको सहभागिको भनाई रहेको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष धर्मराज बास्तोलाले ९९ लाख ९८ हजार २२ रुपैया बराबरको आय ब्यय प्रस्तुत गर्नुभएको छ ।

त्यसैगरि संस्थाका ब्यवस्थापक डिला सापकोटाले संस्थाको प्रगति प्रतिबेदन तथा आगामी दिनमा गरिने कार्यक्रमको बारेमा समेत जानकारी दिनुभएको छ । कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा, उप प्रमुख मुक्ति रेग्मी र वडा नं. ९ का अध्यक्ष शान्तिराज खरालले संस्थाको सफलताको शुभकामना दिनुभएको छ ।

संस्थाले आगामी दिनमा शेयर सदस्य संख्यामा बृद्धि गर्ने, सुधारिएको चुलो बितरण गर्ने, कृषकहरुले उत्पादन गरेको तरकारी को बजारीकरण गर्ने, बेमौसमी तरकारी खेतीमा जोड दिने र कृषि औजारको बितरण गर्ने कार्यक्रम अगाडि बढाएको छ । साधारणसभामा उत्कृष्ट ऋणी, उत्कृष्ट किसान र बचतकर्तालाइ सम्मान समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

खोजि गर्नुहोस ...