बाबियाचाैरकाे बिद्याज्याेती माद्यामिक बिद्यालयले दुर्ब्यशनी सम्बन्धि अभियान गर्दै,

सुर्खेतकाे पञ्चपुरी ५ काे बाबियाचाैरमा रहेकाे बिद्याज्याेती माद्यामिक बिद्यालयले दुर्ब्यशनी सम्बन्धि अभियान सुरु गरेकाे छ । बिद्यालयले बालबालिकाहरु कुलतमा फस्ने गरेकाे भन्दै सुचना प्रकाशित गर्दै कसैले पनि बालबालिकालाई धुम्रपान, मध्यपान लगाएत लागुपदार्थ नबेच्न आग्रह समेत गरेकाे छ ।

बिद्यालयले कुनै पनि बालबालिकाले धुम्रपान मध्यपान गरेकाे पाईएमा अभिभावक तथा बिद्यालयलाई जानकारी दिन भनेको छ । बिद्यालयले आज १५ अाै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड र खेलकुद सप्ताह र बिद्यालयकाे बार्षिक परिक्षामा विभिन्न स्थान प्राप्त गर्ने बिद्यार्थी तथा खेलाडीहरुलाइ सम्मान तथा पुरस्कार समेत बितरण गरेको छ ।

बिद्यालयले प्रकाशित सुचना

विषय: सूचना ।

यस विद्यालयमा अध्ययनरत केही बालवालिकाहरुले लागू पदार्थ ( मादक पदार्थ, सूर्तिजन्य पदार्थ आदि ) सेवन गर्छन् भन्ने जानकारीमा आएकोले लागू पदार्थ दुर्व्यसनी नियन्त्रण गर्न सबैको कर्तव्य पनि भएको हुँदा विद्यालयमा पढ्ने बालबालिकालाई त्यस्ता चिजहरु विक्रि नगरिदिनुका साथै थाहा भएमा विद्यालयमा जानकारी गराइदिन समेत अनुरोध छ । कृष्णप्रसाद सापकोटा प्रधानाध्यापक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...