जहाँ बिद्यालयमै जन्मदिन मनाइन्छ,

चिसाे माैसम कुइराे लागेको जताततै काेहि बिद्यार्थी बिद्यालय जाँदै गरेका थिए काेहि बालवालिका बिद्यालयकाे चाैरमा खेल्दै थिए । त्यतिबेला नै बिद्यालयकाे प्रार्थनाकाे लागि घण्टी बज्याे ।

सबै बिद्यार्थी प्रार्थनाकाे लागि लाईन लागे, केही बिद्यार्थीलाई अगाडि राखेर अबिर लगाएर तालि बजाएर खुसि मनाउदै गरेकाे दृश्य देखिन्थ्याे । अाईतबार जनजागृत बिद्यालय पञ्चपुरी ८ दुलालथाई बिद्यालयमा बिद्यार्थीकाे जन्मदिन मनाउदै गरेकाे दृश्य हाे ।

बिद्यालयले नियमितकाे प्रार्थना, राष्ट्रिय गान पछि जन्मदिन परेका बिद्यार्थीकाे बिहान जन्मदिन मनाउने गरेकाे छ । बिद्यालयका प्रधानाध्यापक थानी घिमिरेले बिद्यालयमै जन्मदिन मनाउदा शिक्षक बिद्यार्थी बिच अात्मियता बढ्दै जाने गरेकाे बताएका छन ।

सबै बिद्यार्थीले अाफ्नाे जन्मदिन अाउदा बिद्यालयमा भन्ने गरेकाे र समुहमा जन्मदिन मनाउदा रमाइलो हुने गरेकाे बिद्यार्थी बताउछन् । पछिल्लो चरण बिद्यालयमा जन्मदिन मनाउदा घरमा हुने फजुल खर्च पनि कम हुने गरेकाे बिद्यालयकाे भनाइ छ ।

यसवाट बिद्यार्थी हरुपनि घरमा भन्दा बिद्यालयमा जन्मदिन मनाउन बढि खुसि हुने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...