बाबियाचाैरकाे बिद्याज्याेतीमा भुपु बिद्यार्थीकाे एकता हुँदै,

सुर्खेतकाे पञ्चपुरी ५ मा रहेकाे बिद्याज्याेती माद्यामिक बिद्यालयमा अध्ययन गरेकाे भुपु बिद्यार्थीहरु एकता हुने भएको छ । बिद्यालयमा यश अघि अध्ययन गरेका बिद्यार्थी हरु विभिन्न पेशा ब्यवसायमा संलग्न रहेकाे र अाफुले अध्ययन गरेकाे बिद्यालय, बिगतमा हुने गरेकाे सहयोग समन्वयकाे स्मरण गराउनकाे लागि बिद्यालय प्राङ्गणमा भेला गरिएको हाे ।

भेलाले बिद्यालयमा हुने सकारात्मक कामका लागि सहयोग, सुझाव हाैसला दिने र नकारात्मक काममा वकालत गर्ने जनाएकाे छ । लाेकेन्द्र रावलकाे अगुवाइमा भएको भेलामा केशव शाहिकाे नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

भेलाले धेरै जना भुपु बिद्यार्थी हरु कामका कारण तथा अन्य कारणले बाहिर बस्नुपरेकोले उनिहरुलाई पनि सम्पर्कमा रहनकाे लागि बिद्याज्याेती मा बि भुपु बिद्यार्थी समाज भनेर फेसबुक पेज समेत सञ्चालनमा ल्याएकाे छ ।

राजनीति अास्था र बिचार भन्दा बाहिर रहेर बिगतमा एउटै बिद्यालय एउटै कक्षामा पढ्दाकाे सम्वन्धलाई स्मरण गराउदै काम गर्ने भेलाका सहभागीले बताएका छन । यसभन्दा पछिका पुस्तालाई पनि अग्रजबाट बिद्यालय प्रतिकाे माेह जगाई राख्न गरेकाे कामकाे सिकाई गराउन पनि बिद्यार्थीकाे एकता गरिएको भुपु बिद्यार्थी रावलले बताएका छन ।

भेलाले कार्ययाेजना बिधान बनाई अाधिकारिक रुपमै काम गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...