बाताबरण सुधार बहुउद्देश्यीय सहकारी सं. लि. वीरेन्द्रनगर ८ को २० औ बार्षिक साधारणसभा (ईकाइ बैठक नं १) आज बाबियाचौरमा सम्पन्न भएको छ । सुर्खेत पश्चिमको बाबियाचौर सेवा केन्द्र अन्तरगतका १ सय ६१ केन्द्रका सदस्यहरुको भेला भएको हो ।
पञ्चपुरीको बाबियाचौरमा भएको भेलामा ६ सय भन्दा बढि सदस्य हरुको सहभागीता रहेको थियोे ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै पञ्चपुरी २ का अध्यक्ष एबम कार्यवाहक नगर प्रमुख यामबहादुर विसीले सहकारीले गरेको कामको प्रशंसा गर्नुभएको छ । बिसीले सहकारीहरुमा बसेर ऋण लिने तर कारोबार नहुदा समस्या हुने गरेको बताउनुभएको छ । आगामी दिनमा सहकारीले ऋण तथा बचतको कारोवार गर्दा उदेश्य अनुसार गर्न आग्रह समेत गर्नुभएको छ ।
साधारणसभाको स्वागत मन्तब्य दिदै संस्थाका सदस्य खगिसरा बास्तोलाले समुहमा बसेका कारण धेरै महिलाहरु आत्मनिर्भर भएको बताउनुभयो । अब हरेक महिलाले आम्दानि गर्न सके घरपरिवार सक्षम हुनेमा समेत जोड दिनुभएको छ । कार्यक्रममा अभ्युदय ग्रामीण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खगेन्द्र रिमालले सहकारीका सदस्यहरु परनिर्भर नभइ आत्मनिर्भर बन्नको लागि सहकारीले योजना वनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
त्यसैगरी वडा नं ५ का अध्यक्ष नगेन्द्र शाहीले सहकारीले ऋणको कारोवार गर्दा उनिहरुको अवस्थालाई मध्यनजर गरेर कारोवार गर्न सुझाव दिनुभएको छ । सहकारीले बचत ऋण, लघुबित्त कार्यक्रम, बाताबरण दुग्धशाला, रेमिट्यान्स, बायोग्याँस प्लान्ट, शैक्षिक कार्यक्रम तथा समाजिक सेवाका कार्यक्रम गर्दै आएको छ । साधारणसभा सहकारीका अध्यक्ष नन्दलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।