माओवादीको कर्णाली प्रदेश अध्यक्षमा केसी निर्विरोध चयन,

नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन भएकी छिन् । आज बसेको प्रदेश कमिटीको बैठकले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

कर्णालीको प्रदेशमा यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत भएकी केसी २०४६ सालदेखी राजनीतिमा आवद्ध भएकी हुन् ।


१० वर्षे जनयुद्धमा भूमिगत भएकी केसी दुई पटक हिरासत बसेकी थिइन् । केसी रूकुमपश्चिमबाट निर्वाचित सांसद हुन् । बाँकी पदाधिकारीमा भने अझै टुंगो लाग्न बाँकी छ । मंगलबार मात्रै सम्मेलनले २११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको थियो ।

मंगलवार सम्पन्न प्रथम अधिवेशनबाट पदाधिकारी छनोट गर्न नसकेपछि २ सय ११ सदस्य चयन गरेर अधिवेशन समापन गरिएको थियो । आज प्रदेश बैठकमार्फत अध्यक्ष छनोट गरिएको हो । अन्य पदाधिकारीको विषयमा छलफल चलिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...