कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले थप एक जना मन्त्रीलाई नियुक्तीका लागि सिफारिस गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद विन्दमान विष्टलाई मन्त्रीमा नियुक्तीका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका छन् ।
प्रदेश सभा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ ख बाट निर्वाचित सांसद विष्टलाई भने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतले जनाएको छ । प्रदेश सभामा आज बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले विष्टलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
विष्ट यसअघि पनि मन्त्रीका लागि सिफारिसमा परेका थिए । तर अन्तिम समयमा उनको नाम हटाइएको थियो । विष्टलाई आजै साँझ साढे सात बजे सपथ खुवाउने कार्यक्रम रहेको छ ।