पञ्चपुरीमा जारी पाँचौं पञ्चपुरी मेयर कपको फाइनल खेलहरू भोलि हुने

१३ मंसिर, सुर्खेत ।
मङ्सिर ११ गतेदेखि पञ्चपुरीमा सञ्चालन भएको पाँचौँ पञ्चपुरी मेयरकपको फाइनल खेल भोलि हुने भएका छन् । पञ्चपुरी खेलकुद विकास समितिको आयोजनामा भएको पुरुष वडास्तरीय फुटबल र महिला भलिबल प्रतियोगितामा वडाका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुष फुटबलतर्फ ११ वटा टिम र महिला भलिबल तर्फ ७ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुरुष फुटबल तर्फ वडा नम्बर ८ र वडा नम्बर ५ फाइनलका लागि प्रवेश गरेका छन् । त्यसैगरी महिला भलिबल तर्फ वडा नम्बर १० र वडा नम्बर ११ फाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको फाइनल खेलहरू भोलि बिहान १० बजेदेखि बाबियाचौरको बीपी रङ्गशालामा सञ्चालन हुने समितिका संयोजक कृष्ण रावलले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...