कर्णाली प्रदेश सभा सदस्य बिन्दमान बिष्टले तत्कालीन केपि ओली नेतृत्वको सरकारले बिकास भन्दा बढि भ्रष्ट्राचार गरेको आरोप लगाउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) पन्चपुरीको दोश्रो नगर सम्मेलन को सम्बोधन गर्दै बिष्टले सो कुरा बताउनुभएको हो । ओली सरकारले जनताको आधारभुत समस्याको समाधान गर्नुपर्ने, कोरोनाको महामारीको समयमा औषधि सहज आपुर्ती गर्नुभन्दा बिकासका सपना, कमिसनको खेलो र राष्ट्रलाई थप ११ खर्ब ऋण बढाएको समेत बताउनुभएको छ ।

सम्मेलनको उद्घाटन शत्रमा उहाले नया कार्यसमितिले पञ्चपुरीमा पार्टीको कार्ययोजना बनाई नेतृत्वदायी भुमिका निर्वाह गर्ने आशा ब्यक्त गर्नुभएको छ । भेलाको बन्द सत्र सुरुपछि छलफलबाट पार्टीको नगर अध्यक्षमा केशव शाहीलाई सर्बसहमत चयन गरिएको छ ।

त्यसैगरी उपाध्यक्षमा ओम प्रकाश सुवेदी, डिल्लीराम न्युरे, भुपेन्द्र सिजापती, सचिवमा जगत बहादुर सावद, सह–सचिवमा पारस बिष्ट र कोषाध्यक्ष अमृता देउवा सहित ६५ सदस्यीय कमिटी समेत गठन गरिएको छ ।
त्यसै गरी माओवादी केन्द्रको चौकुनेमा पनि गंगाराम बिकको अध्यक्षतामा गाउ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा कर्ण विश्वकर्मा, मान बहादुर दानी, कौशिला थापा, सचिवमा कमल जिसि, सहसचिवमा रमेश प्रसाद खनाल र कोषाध्यक्षमा दुर्गा उपाध्याय बि सि रहनुभएको छ ।